
भोजपुर, १९ माघ । नेपाल निजामती संगठन भोजपुरको १२ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट जनक सापकोटाको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षहरुमा कुमार राई, ममता दियाली, सचिवमा सुमनहरी राई, सहसचिवमा राजन कोइराला, कोषाध्यक्षमा खम्वसिंह भुजेलसहित १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा टीका पाठक, प्रकाश बिसी र प्रदेश प्रतिनिधिमा मोतिराम खनाल, कविता राई छोनोट हुनु भएको ।
विहिबार मोतिराम खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदास, विषेश अतिथि नेपाल निजामती संगठन केन्द्रीय सदस्य खगेन्द्र नेपाल, अतिथिहरुमा पेशागत महासंघ भोजपुरका अध्यक्ष योगराज लईटेल, भूमि सम्बन्धी समस्या समाधान आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाई लगायतको उस्थिति रहेको थियो ।