पञ्चकन्या मावि भुल्केमा तीन लाखको छात्रबृति अक्षय कोष स्थापना


भोजपुर, ५ माघ ।
पूर्व विद्यार्थी तथा नेपाल सरकारका पूर्व सचिव केशवप्रसाद भट्टराईले रामप्रसादराई गाउँपालिका ३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षष कोष स्थापना गरिदिनु भएको छ । उहाँले विद्यालयका सस्थापक अध्यक्ष आफ्ना स्वर्गिय हजुर बुवा कुलप्रसाद भट्टराईको स्मृतिमा अक्षय रु. तीन लाखको कोष स्थापना गरिदिनु भएको हो ।


उक्त अक्षयकोषको रकमको व्याजबाट कक्षा १ देखी कक्षा ८ सम्मका गरिब तथा जेहेन्दार छात्र छात्राहरुलाई पुरस्कृत गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराईले जानकारी दिनुभयो । पं.काशिनाथ(कुलप्रसाद भट्टराई स्मृति छात्रबृति अक्षय कोष–२०८१) स्थापनाले विद्यार्थीलाई प्रोत्साहन गर्न थप टेवा पुग्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार