
भोजपुर, २ माघ ।
दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेलाको अवसरमा निर्माण व्यवसायी श्याम श्रेष्ठलाई सम्मान गरिएको छ । गोल्ड कप तथा माघिमेला सञ्चालनमा आर्थिक सहयोग गर्ने मार्सेली निर्माण सेवाका प्रमुख श्रेष्ठलाई सम्मानसमेत गरिएको हो । उहाँले गोल्ड कप तथा माघी मेला सञ्चालनको लागि रुं एक लाख सहयोग गर्नु भएको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले निर्माण व्यवसायी श्रेष्ठलाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो ।
पौवादुङमा गाउँपालिकाको आर्थिक व्यवस्थापनमा प्रतियोगिता तथा माघिमेला शुरुवात भएको छ । गाउँपालिकाको केन्द्र च्याङग्रेको रंगशालामा भईरहेको गोल्डकप फुटवल प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता ९ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाखसहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हने टिमले नगद रु. दुई लाख मेडल र प्रमाण पाउने छ ।
प्रतियोगिता तथा माघिमेलामा पत्रु खाना (जङ फुड) निषेध गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । गाउँपलिकाले पत्रुखानाको खानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकोले यस्ता खालका खानाहरुको विक्री वितरणमा रोक लगाइएको उहाँको भनाइ छ ।