दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शुरु


भोजपुर, १ माघ ।
दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शरुवात भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आजबाट प्रतियोगिता तथा माघिमेला शुरुवात भएको हो ।

गाउँपालिकाको केन्द्र च्याङग्रेको रंगशालामा सञ्चालन हुने दोश्रो पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता ९ दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रमको कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले गोल्ड कप तथा माघिमेला सञ्चालनले खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा बताउनुभयो । साथै उहाँले निर्माणधिन रंगशालाको पूर्णतादिन बजेट व्यावस्थापनमा पहल गर्ने बताउनुभयो ।  संघियता कार्यन्वयन पश्चात विकासले गति लिएको उहाँको भनाइ छ ।


खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पु¥याउने लक्ष्यले बृहत माघिमेलासँगै गोल्ड कपको आयोजना गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकामा अन्तराष्ट्रियस्तरको रंगाशाला निर्माण गरिरहेको उहाँको भनाइ छ । रंगशालालाई पूर्णरुपमा सम्पन्न गराउन आवश्यक बजेटको लागि पहल गरिरहेको उहाँको भनाइ छ ।


कार्यक्रमको अवसरमा  गाउँपालिकाको विकासमा टेवा पु¥याएको योगदानको कदर स्वरुप पौवादुङमा गाउँपालिकाले पूर्वमुख्यमन्त्री शेरधन राईलाई सम्मान गरेको छ ।


त्यस्तै गोल्ड कप तथा माघिमेला सञ्चालनमा आर्थिक सहयोग गर्ने मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठलाई सम्मानसमेत गरिएको छ । उहाँले प्रतियोगिता सञ्चालनको लागि रु. एक लाख सहयोग गर्नु भएको थियो ।

सोहि अवसरमा युवा नेता ज्ञानेन्द्र राईले रु, २० हजार बरावरको खेलकुद सामग्री आयोजकलाई हस्तान्तरण गर्नुभयो । आज भएको उद्घाटन खेलमा आम्तेक ११ ले आयोजक पौवादुङमा खेलकुद विकास समितिलाई २–१ को अन्तरले पराजित गरेको छ । आम्तेक ११ का लागि दुवै गोल सन्तोष तामाङले गर्नुभयो भने आयोेजक पौवादङमा खेलकुद विकास समितिका लागि आशाहाङ राईले गोल गर्नुभयो । खेलको म्यान अफ द  म्याच आम्तेक ११का सन्तोष तामाङ बन्नुभयो ।


प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाखसहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हने टिमले नगद रु. दुई लाख मेडल र प्रमाण पाउने पौवादुङमा गोल्ड कप तथा माघिमेला कार्यक्रम २०८१ आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष तर्फ आयोजकसहित १४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता तथा माघिमेलामा पत्रु खाना (जङ फुड) निषेध गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । गाउँपलिकाले पत्रुखानाको खानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकोले यस्ता खालका खानाहरुको विक्री वितरणमा रोक लगाइएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार