भोजपुर, १३ पुस ।
भोजपुरको रामप्रसादराई गाउँपालिकाले योजना तथा कार्यक्रम सञ्चालन शिविरमार्फत वडास्तरमा पुगेर योजना सम्झौता गरेको छ । नागरिकलाई सहज रुपमा सेवा विस्तार गर्ने लक्ष्यले वडावडामै योजना सम्झौता गरेको हो । जनतालाई घरदैलोमा नै पुगेर सेवा दिने गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार शिविर सञ्चालन गरेर सेवा प्रवाह गरेको हो ।
शिविरमार्फत गाउँपालिका अध्यक्ष थामबहादुर राई,उपाध्यक्ष विरेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलसहित सम्बन्धित शाखाका कर्मचारी वडा कार्यालयमा पुगेर योजना सम्झौता गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख ज्ञानराज भट्टराईले जानकारी दिनुभयो ।
शिविरिमार्फत उपभोक्ता समितिलाई योजना सञ्चालनको विषयमा अभिमुखिकरण, योजना सञ्चालन पद्धती तथा योजना सञ्चालन प्रक्रियाको विषयमासमेत जानकारी दिइएको उहाँको भनाइ छ । यो क्रममा वडा नं १ ओख्रेमा १४ वटा, वडा नं ४ दलगाउँमा ९ वटा, वडा नं ८ खोक्सिकमा ११ वटा योजना योजना सम्झौता गरिएको छ । वडा नं २ र ३ ले यसअघि नै योजना सम्झौता गरी सकेका छन् । पालिका केन्द्र नजिक रहेका वडा नं ५ मानेभञ्याङ र वडा नं ६ वैकुण्ठेका योजनाहरु भने गाउँपालिकामा नै सम्झौता गरिने जनाइएको छ । वडा नं ७ मा पनि तत्कालै योजना सम्झौता शिविरि सञ्चालन गरिने गाउँपालिकाको भनाइ छ ।
गाउँपालिकाका भौगोलिक रुपमा विकट क्षेत्रमा रहेका शिविर सञ्चालन गरेर वडास्तरमा नै योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । शिविरका क्रममा प्रभावकारी रुपमा योजना सञ्चालन सम्बन्धि अभिमुखिकरणसमेत गराइएको उहाँको भनाइ छ ।
“भौगोलिक रुपमा टाढा रहेका उपभोक्ताई सहज रुपमा सेवा दिन वडास्तरमा पुगेर योजना सम्झौता गरेका छौँ”प्रशासकीय अधिकृत पोखरेलले भन्नुभयो,“यसले उपभोक्तालाई सहजतासँगै समयको पनि बचत भएको छ । त्योसँगै हामीले अभिमुखिकरण गरेर योजना सञ्चालन पद्धतीको विषयमासमेत जानकारी दिएका छौँ । यसले योजनाहरु गुणस्तरियढंगले समयमा सम्पन्न हुन्छन् भन्ने हामीले अपेक्षा लिएका छौँ ।”गाउँपालिकाबाट सम्झौता भएका योजनालाई आगमी चैत्र समान्त भित्रनै सक्ने लक्ष्यका साथ काम अघि बढाएको उहाँको भनाइ छ ।
नागरिकहरुलाई गाउँपालिकाबाट प्रवाह हुने सेवालाई सहज, सरल, छिटो, छरितो र प्रभावकारीढंगले पु¥याउने लक्ष्यले शिविर सञ्चालन गरेर सेवा प्रवाह गरिएको गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले बताउनुभयो । वडावडामा पुगेर योजना सम्झौतासँगै सञ्चालनका सम्पूर्ण प्रक्रियाका विषयमा उपभोक्ता समितिलाई जानकारी दिइएकाले योजनाको प्रभावकारितासमेत बढ्ने उहाँको भनाइ छ ।
गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम अनुसार जनतालाई सहज रुपमा घरदैलोमा सेवा प्रवाह गर्ने उद्धेश्यले शिविर सञ्चालन गरेर वडावडामा नै योजना सम्झौता गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । यहाँबाट प्रवाह हुने सेवालाई सहज र सरल रुपमा नागरिकसम्म पु¥याउन गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।
“नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने उद्धेश्यका साथ काम गरिरहेका छौँ” अध्यक्ष राईले भन्नुभयो“ हाम्रा धेरै वडाहरु भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्छन् । ती स्थानबाट पालिकासम्म आउँदा उपभोक्ताको धेरै समय र पैसाको खर्च हुन्छ । नागरिकको समस्यालाई ध्यानमा राखेर स्थानीय सरकारको सेवा घरदैलोमा पु¥याउन जुटेका छौँ ।”