पत्रकार महासंघ भोजपुरको अध्यक्षमा सुवेदी निर्वाचित


भोजपुर, २९ मङ्सिर ।
नेपाल पत्रकार महासंघ भोजपुरको अध्यक्षमा ध्रुव सुवेदीसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।शुक्रबार भएको निर्वाचनमा निकटम प्रतिद्वन्द्वी अर्जुन बस्नेतलाई एक मतान्तरले पछि पार्दै सुवेदी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
सुवेदीले २२ प्राप्त गर्नु भयो भने बस्नेतले २१ मत पाप्त गर्नु भयो । निर्वाचनबाट उपाध्यक्षहरुमा सारादा तामाङ र सरिता सुवुवार, सचिव विवेक राई, सह– सचिवहरुमा प्रमित सिप्तुङ, अर्जुन राई, कोषाध्यक्षमा मोहन तामाङसहित १५ सदस्य कार्यसमिति निर्वाचित भएको हो ।
त्यस्तै केन्द्रीय परिषद् सदस्यमा युवराज विष्ट र अवतारमान राई, प्रदेश परिषद् सदस्यमा मोहन दुराल, सरिता राई र प्रदिपचन्द्र राई निर्वाचित हुनु भएको छ । भोजपुर शाखाका कुल ५२ सदस्य मध्ये ४३ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार