भोजपुर, २५ मङ्सिर । भोजपुरको हतुवागढी गाउँपालिकाको पालिका गान सार्वजनिक गरिएको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर गानको सार्वजनिक गरेको हो । शंकर खालिन राईको शब्द रचनामा तयार भएको पालिका गानमा मनोज साम्सोङ राईको संगित रहेको छ ।
तीन जना विज्ञहरुद्धारा पालिका गानको रचना छनौट गरिएको थियो । विज्ञहरुले दिएको नम्बरको आधारमा प्रथम स्थानमा रहेको रचनालाई छनौट गरी पालिका गान तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले स्वागत मन्तव्य मार्फत जानकारी दिनुभयो ।
पालिका गानमा गाउँपालिकाले तयार गरेको छनौट मापढण्ड अनुसार हतुवागढीको पहिचान,इतिहास, भूगोल,साँस्कृति, भेष भुषा, विकास, रहन सहनलगायत विषयवस्तु समेटिएको उहाँले जानकारी दिनुभयो । पालिका गानलाई गाउँपालिकाको औपचारिक सार्वजनिक कार्यक्रममा राष्ट्रिय गान पश्चात प्रयोगमा ल्याइने छ ।
कार्यक्रममार्फत पालिका गान तयारका क्रममा सहयोग गर्ने विज्ञहरु, चरनाकार,गायककारहरु लगायतलाई कदर पत्रले सम्मान गरिएको छ । त्यस्तै कार्यक्रममार्फत गानको रचनामा दशौँँ स्थानसम्म पर्ने रचनाकारहरुलाई सम्मान पत्रले सम्मान गरिएको छ ।
हतुवागढी गाउँपालिकाको धेरै विषयवस्तुलाई समेटेर उत्कृष्ट पालिका गान तयार भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । गानमा हतुवागढी गाउँपालिकाका भित्रका गायक गायिकाको आवाज समेटिएको उहाँको भनाइ छ ।
हतुवागढीको आत्मा गौरव तथा आत्मासम्मान हुने गान तयार भएको उहाँले जानकारी दिनुभयो । साथै उहाँले गाउँपालिकाको विकासमा सवै जना एकजुट हुन आवश्यक रहेको धाराणा राख्नुभयो ।