भोजपुर,२५ मङसिर । भोजपुरमा नेपाली काङ्ग्रेसले एक सय दिने संगठन सुदृढीकरण अभियानको थालनी गरेको छ । काङ्ग्रेस जिल्ला समिति भोजपुरले मंगलबार ७४ औँ मुक्ती दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि अभियानको शुभारम्भ गरिएको हो ।
यो अभियान अन्तर्गत नेपाली काङ्ग्रेसका जनमुखी कार्यक्रमलाई गाउँगाउँसम्म पु¥याएर एक ढिक्का भएर अगाडी बढ्ने वातावरण निर्माण गरिने जनाइएको छ । नेपाली राजनितिमा काङ्ग्रेसले खेलेको भूमिका र पार्टीको अगुवाईमा प्राप्त भएका उपलब्धीहरुको विषयमा जनतालाई सूसुचित गराईने नेपाली काङ्ग्रेसका सभापति विनोद वान्तावाले जानकारी दिनुभयो ।
जिल्ला सभापति विनोद वान्तावाको अध्यक्षमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्यहरु लक्ष्मी परियार, उमेशजंग रायामाझी, महासमिति सदस्य तथा कोशी प्रदेश कार्य समिति सदस्य कैशास कुमार आले, महासमिति सदस्यहरु हेमन्त मुकारुङ, रोहित विश्वकर्मा,काङ्ग्रेस उपसभापतिहरु डम्बर श्रेष्ठ, गजेन्द्र बहादुर कार्की, तरुण दल कार्यवाहक अध्यक्ष ज्योति पौडेललगायत विभिन्न भातृ संगठनहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।