भोजपुरमा राज्यमन्त्री राईद्धारा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको उद्घाटन


भोजपुर, ३१ असार । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरको कार्यालय स्थापना गरिएको छ । स्थापना भएको कार्यालयको आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्य मन्त्री सिर्जना राईले कार्यालयको उद्घाटन गर्नु भएको हो । यहाँ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र संखुवासभाको सम्पर्क कार्यालयको रुपमा रहेर सेवा प्रवाह हुँदै आएको थियो । सम्पर्क कार्यालय मात्र हुँदा भोजपुरबासीलाई सेवा प्रवाहमा समस्यासमेत रहँदै आएको थियो ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको २०८१ बैशाख २१ गतेको निर्णय अनुसार यहाँ कार्यालय स्थापना गरिएको हो । एक कार्यक्रमका वीच सरोकारवाला निकायहरुको उपस्थितिमा कार्यालयको समुउद्घाटन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार