भोजपुर, १० फागुन । तनाव व्यवस्थापन गर्दै कार्यक्षेत्रमा गरिने कामबाट आनन्दसँगै खुुसी प्राप्त गर्ने वातावरण निर्माण गर्न भोजपुरका सुरक्षाकर्मी तथा कर्मचारीलाई खुसी विज्ञान सम्बन्धि प्रशिक्षण दिइएको छ । तनाव व्यवस्थापनको लागि जीवन विज्ञानले उनीहरुलाई आवश्यक व्याम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपाउन सकिने विधिलगायतको विषयमा कक्षा सञ्चालन गरेर आवश्यक जानकारी दिएको हो ।
पछिल्लो समयमा डिप्रेसनको कारण आत्माहत्याको दर बढेकोले न्यून तनाव र उच्चतम खुसी प्राप्त गर्ने उद्धेश्यले तनाव व्यवस्थापन गर्दै मानिसलाई खुुसी र आनन्दको वातावरण निर्माण गर्न कार्यक्रम सञ्चालन गरिएको जीवन विज्ञानले जनाएको छ । कर्तव्य पालनका समयमा आउने समस्यालाई कसरी समाधान गरेर आफु खुसी रहने साथै तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भिरढंगले प्रशिक्षण दिएको जीवन विज्ञानका प्रशिक्षक एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंह बताउनुभयो ।
“कर्तव्य पालनाको शिलशिलामा हामीलाई विभिन्न समस्याहरु आउन सक्नछन्”उहाँले भन्नुभयो,“हामीले त्यसलाई सहज व्यावस्थापन गर्न सक्यौँ भने त्यसले आनन्द प्राप्त हुन्छ । कतिपय खण्डमा विभिन्न समस्याको कारण मानिस डिप्रेसनमा पुग्ने अवस्था पनि हुन्छ । दैनिक कामलाई कसरी आनन्ददायी बनाएर खुसी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा खुसी विज्ञानले सहयोग गर्छ ।” खास गरेर सुरक्षाकर्मी तथा कर्मचारीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । कर्तव्यपालनाको शिलशिलामा आउन सक्ने समस्यासँगै त्यसलाई सहज रुपमा समाधान गरेर कसरी खुसी प्राप्त गर्ने भन्ने विषयमा आवश्यक जानकारी लिनेदिने काम भएको प्रशिक्षक सिंहले बताउनुभयो ।
मानव शरिरका पाँच ज्ञानेन्द्रियले पार्ने प्रभाव र त्यसबाट आउने सोचाई तथा भोगाईलाई कसरी आफैँले विभिन्न क्रियाकलाप गरेर तनावलाई व्यवस्थापन गर्ने लगायत विषयमा जानकारी दिइएको जीवन विज्ञानका प्रशिक्षक टी पि बरालले बताउनुभयो । खुसी विज्ञान अन्तर्गत तनाव व्यवस्थापन र खुसी प्राप्त गर्न सकिने विभिन्न विधिको विषयमा जानकारी दिइएको उहाँको भनाइ छ । जीवन विज्ञानले जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी र नयाँ श्रीनाथ गणका नेपाली सेना तथा निजामित कर्मचारीलाई खुसी विज्ञान तथा तनाव व्यवस्थापनको विषयमा प्रशिक्षण दिइएको हो ।
नियमित व्याम तथा प्रणायमले मानिसलाई स्वस्थ्य राख्ने जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जनाएको छ । स्वास्थ्य र ब्याम बीच परिपुरकको सम्बन्ध रहेको केन्द्रको भनाइ छ । योगलाई दुई प्रकारले गर्न सकिने जनाइएको छ । योगको माध्यमबाट विभिन्न रोगलाई निको पार्न सकिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख मनोज पण्डितले जानकारी दिनुभयो ।
मानसिक तनावका कारणमानिसहरु डिप्रेसनमा पुगेर आत्माहत्या गर्ने अवस्था रहेकोले डिप्रेसनमा पुग्नबाट रोक्न खुसी विज्ञानले सहयोग गर्ने उहाँको भनाइ छ । मुख्य रुपमा खुसी विज्ञानले मानिसको तनाव व्यवस्थापन गरेर खुसी र आनन्दको वातावरण निर्माण गर्ने बताइएको छ ।