युवा संघको आयोजनामा भोजपुरमा व्याडमिन्टन प्रतियोगिता हुने


भोजपुर, २ फागुन । भोजपुरमा वि डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रजान्तत्र दिवसको अवसरमा युवा संघ नेपाल भोजपुरको आयोजनामा यहि फागुन ७ गतेदेखी ९ गतेसम्म हुने प्रतियोगिताको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

राष्ट्रिय युवा संघ केन्द्रिय कमिटीले फागुन ११ गतेबाट‘दोश्रो केपि ओली कप’ सञ्चालन गर्ने सन्दर्भलाई लक्षित गरेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भोजपुरले व्याडमिन्टन प्रतियोतिा सञ्चालन गर्न लागेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २२ हजार २२२, ट्रफी, मेडल र प्रमाण पत्र र द्धितिय हुने टिमले नगद रु ११ हजार १११ को साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउने राष्ट्रिय युवा संघ नेपाल भोजपुरका अध्यक्ष रविन थापाले जानकारी दिनुभयो ।

भोजपुर सदरमुकामको कवोर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउन यहि ४ गते भित्र रु एक हजार शुल्क तिरेर समुह दर्ता गर्न सकिने राष्ट्रिय युवा संघ नेपालका भोजपुर इन्चार्ज ज्ञानेन्द्र राईले बताउनुभयो । खेलको अवसरमा भोजपुरका १४ जना व्याडमिन्टनका राष्ट्रिय खलाडीहरुलाई सम्मान गरिने ईन्चार्ज राईले बताउनुभयो । कार्यक्रममा नेकपा एमाले भोजपुरका उपाध्यक्ष मक्कर खड्का, नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रेम कार्की, व्याडमिन्टन राष्ट्रिय खेलाडी दान बहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार