प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउरालीलाई


भोजपुर, १० माघ । प्रथम पौवादुङमा गोल्ड कपको उपाधि देउराली फुटबल क्लवले जितेको छ । अन्तिम खेलमा आम्तेक–११, लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधी जितेको हो । जितसँगै देराउराली फुटबल क्लवले नगद रु. तीन लाखसँगै ट्रफि मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता बन्ने आम्तेक ११ ले नगद रु. दुई लाख मेडल र प्रमाण पत्र पाएको छ । माघ १ गतेबाट शुरु भएको प्रतियोगितामा १६ ओटा टिमले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गर्नुभयो भने थप एक गोल सुवास तामाङले गर्नुभयो । उता आम्तेक ११ का लागि दुवै गोल निशान लिम्बुले गर्नुभयो ।

देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच चुनिनुभयो । उत्कृष्ट खेलाडी देउराली कै बिबेक राई, उत्कृष्ट गोलरक्षक देउरालीका चरी लिम्बु, उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भएको आयोजक समितिका सचिव देउमान राईले बताउनुभयो । त्यस्तै उत्कृष्ट मिडफिल्डर आम्तेक११ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक ११ का निशान लिम्बुले पाप्त गरेको पौवादुङमा गोल्ड कप तथा माघिमेला कार्यक्रम –२०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो ।

विजेता तथा उपविजेता बन्ने समुहलाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकाससँगै युवा,बालवालिकाहरुको शारिरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुगेको अध्यक्ष राईको भनाइ छ । “गाउँपालिकाको आर्थिक व्यावस्थापनमा हामीले प्रथम पौवादुङमा गोल्ड कपसँगै माघिमेला गरेका सञ्चालन गरेका हौँ” अध्यक्षर राईले भन्नुभयो,“प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । यस्ता प्रतियोगितामामार्फत खेल क्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो ।” पौवादुङमा रंगशालामा प्रतियोगिता सञ्चालन गरिएको हो । माघ ९ गते भएको समापन कार्यक्रमको प्रमुख अतिथि षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदास, विशेष अतिथिहरु हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई, टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राई, समाजसेवी प्रेम खत्री लगाएत स्थानीय राजनितिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार