भोजपुरको हतुवगढीमा श्रमदानमार्फत सडक मर्मत


भोजपुर, २३ भदौ । भोजपुरको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत सडक मर्मत लगायत काम गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको जनश्रमदान अभियानमा यहाँको सडकको सरसफाईसँगै मर्मत गरिएको हो । हतुवागढी गापा–१ पि एच सि मोडदेखि वडा–२ को वडा कार्यालय सम्म दुई वटा ब्लक बनाएर श्रमदानमार्फत काम गरिएको हो । हतुवागढी गाउँपालिकाको आह्वान तथा संयोजनमा भएको श्रमदान अभियानमा एक सय ५० बढीले सहभागिता जनाएका थिए । गाउँपालिकाले एक विज्ञप्तिमार्फत गाउँपालिकाको जनश्रमदान अभियानमा जोडिएर श्रम गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको नेतृत्व तथा संयोजनमा भएको कार्यक्रममा वडा अध्यक्ष तथा सदस्य ,सगरमाथा माबी, भिमेश्वरी आबि हतुवागढी–१,शान्ति निकेतन आबि हतुवागढी–२ का शिक्षक तथा कर्मचारीहरुले सहभागिता जनाएको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।

त्यस्तै इलाका प्रहरी कार्यालय, बाणिज्य संघ भोजपुर शाखा कार्यालय घोडेटार, हतुवागढी यातायात प्रालिका अध्यक्ष लगायत सदस्यहरुले श्रमदान गरेका हुन् । त्यस्तैगरी विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा टोल बिकास सस्थाका सदस्यहरु अन्य समुदायका सदस्यहरुसँगै जेसिबी तथा ट्र्याक्टरहरु उपलब्ध गर्न समन्वय गर्ने उद्योग बाणिज्य संघलाई गाउँपालिकाले धन्यवाद दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार