भोजपुर, २२ असार ।टेम्केमैयुङ गाउँपालिकाले नेपाल सरकारको घुम्नै पर्ने १०० गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गलाई समेटेर निर्माण गरिएको पाश्र्वचित्र र गीतको विमोचन गरेको हो । यहाँको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने लक्ष्यले निर्माण गरिएको पाश्र्वचित्र र गीतको गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राईले विमोचन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए ।
पाश्र्वचित्र निर्माणले यहाँको पर्यटकीयको क्षेत्रको विकासमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । पाश्र्वचित्रमा केहि कुरा छुटेको भए त्यसलाई पनि थप गर्ने उनको भनाइ छ । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पाश्र्वचित्रमा मुन्दुम पदमार्गका धेरै कुरा समेटिएको भएपनि केहि कुराहरु समेट्न आवश्यक रहेको बताईन । खास गरेर यहाँ वर्णन गरिएका केहि विषयबस्तुको दृश्य छुटेको उनको भनाइ छ । पर्यटनलाई लक्षित गरेर गाउँपालिकाले पर्यटन सूचना केन्द्रसमेत निर्माण गरिएको छ ।
उकालोओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाहरुले पालेका चौरी, भेडीचोक, लगाएतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ ।
यहाँका किराँत राई, शेर्पा, तामाङ लगाएत जातजातीको पहिचान झल्कने परिकार, गोठवालाहरुले उत्पादन गर्ने आर्गानिक खानेकुरा, विभिन्न किसिमका वन वनस्पती, जडीबुटी लगायत स्वाद लिन सकिन्छ । नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थान पनि हो । त्यस्तै रविन्द्र राईको शब्द संगित र कला राई र रविन्द्र राईको स्वरमा रहेको गीतमा मुन्दुम पदमार्गसँगै यहाँका पर्यटकीय क्षेत्रलाई समेटेर निर्माण गरिएको गीतको पनि विमोचन गरिएको छ । करिव ८ मिनेटको गीतमा यहाँको पर्यटकीय क्षेत्रको वर्णन गरिएको छ ।
गीत मार्फत पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्नको गीत निर्माणसँगै छायाङ्कनको लागि वडा कार्यालयको रु.दुई लाख आर्थिक सहयोग गरेको टेम्केमैयुङका वडाध्यक्ष नभराज माङपाहाङ राईले जानकारी दिए । ‘हामी मुन्दुम पदमार्गसँगै यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ’ वडाध्यक्ष माङपाहाङले भने ,‘मुुन्दुम पदमार्ग क्षेत्रको प्रचारको लागि वडाले पनि केहि आर्थिक सहयोग गरेको छ । गीत मार्फत हाम्रो वडा क्षेत्रमा रहेका यहाँको पहिचान झल्काउने स्थानहरु समेटिएको छ ।’’
यो पदमार्ग भोजपुर र खोटाङको सीमना तावा भञ्याङ– चखेवा भञ्याङ– धोद्रे–हाँस पोखरी–तारा खसको –बलौटे भञ्याङ– लौरी भञ्याङ– निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते– पखुवा भञ्याङ– बाघखोर– सुन्तले– बाघखोर हुँदै भोजपुर नगरपालिका– १० भैसीपंखाको साम्पाङ चोकमा आएर टुङगिन्छ ।