पाँचौ मेयर कप महिला फुटबल प्रतियोगिता शुरु


भोजपुर, ११ फागुन ।
भोजपुरमा पाँचौ मेयर कप महिला फुटबल प्रतियोगिता- २०७९ शुरु भएको छ । भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा सञ्चालन गरिएको प्रतियोगिताको बिहिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।स्थानीय टुडीखेलमा सञ्चालन हुने प्रतियोगिता यहि आइतबार सम्म सञ्चालन हुने जिल्ला फुटबल संघ भोजपुरको अध्यक्ष प्रविनकुमार सुवालले जानकारी दिए ।
आज भएको प्रतियोगितमा धनकुटालाई एक विरुद्ध तीन गोल गर्दै भोजपुर नगरपालिका १० सेमिफाइनलमा प्रवेश गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार