संस्कार,सस्कृति देशका अमूल्य सम्पती हुन् : मुख्यमन्त्री राजेन्द्र कुमार राई


भोजपुर ४ भदौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले संस्कार,संस्कृति देशको अमुल्य सम्पति भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताउनु भएको छ । शनिबार षडानन्द नगरपालिका ११ मा आयोजना भएको लाखे नाच कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो । सबै जातजातिको धर्म, संस्कार,सस्कृति रितिरिवाज, रहन, सहन देशको साझा सम्पति भएकोले यसको अस्तित्व जोगाउन राज्यले भूमिका खेल्नु पर्ने मुख्यमन्त्री राईको भनाइ छ । मुख्यमन्त्री राईले लाखे नाचमा करीब २० मिनेट ढोलकसमेत बजाउनुभयो ।

‘‘यी विभिन्न संस्कार,सस्कृति हाम्रो देशको अमुल्य सम्पती हुन्’’ मुख्य मन्त्री राईले भन्नुभयो,‘‘ यस्ता धर्म संस्कार, सस्कृतिले सबै जातजातीलाई एक ठाउँमा जोडेको छ । यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्छ ।’’ मुख्यमन्त्री राई आफै ढोलक बोकेर नाचमा सहभागी भएपछि स्थानीयबासीसमेत उत्साहित भएका थिए । मुख्यमन्त्री राईसँगै षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदास पनि कार्यक्रममा ढोलक बजाउदैसहभागी हुनु भएको थियो । षडानन्द नगरपालिका मुख्यमन्त्री राईको गृह नगर हो कृष्ण जन्म अष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार दिंला लगाएत ठाउँमा मेला लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार