समयमा गुणस्तरिय काम गर्ने निर्माण व्यवसायी सम्मानित


भोजपुर, १२ असार । पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरिय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापद्धण्द्ध अनुसार निधारित समयमै काम सम्पन्न गरेको भन्दै राउत कन्ट्रक्सनका सञ्चालक कुल बहादुर राउनतलाई गाउँपालिकाले सम्मान गरेको हो । पौवादुङमा गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको तिवारीभञ्याङ –च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट ३५ किलोमिटर सडक मध्ये १३ किलोमिटर स्तरउन्नोतिको काम तोकिएको समयमा सम्पन्न गरेकाले कामको सम्मान गर्न निर्माण व्यवसायी राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

अध्यक्ष राईले भने ‘हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ । यसले राम्रो काम गर्ने व्यवसायीलाई काम गर्ने थप उर्जा मिल्ने छ ।’ अहिले स्तरउन्नोतिको काम भइरहेको भएपनि यो सडकलाई आफ्नो कार्यकालभित्र कालो पर्ने उद्धेश्य रहेको अध्यक्ष राईले जानकारी दिए। अध्यक्ष राईले भने ‘यो पटक प्रदेश सरकारले हाम्रो गाउँपालिका आउने विकास बजेट कटाएको छ । हामीले यस सडकलाई कालोपत्रे गर्ने सोचका साथ काम गरिरहेका छौँ । यो सडक पौवादुङमाबासीसँगै जिल्ल्लाबासीको महत्वपूर्ण सडक हो । विकासको पहिलो आधार सडक हो । यो सडकलाई अन्य निकायसंग पहल गरेर भएपनि पाँच वर्षभित्रमा कालो पत्रे गर्ने मेरो लक्ष्य छ । ’

सडकलाई गुणस्तरिय तबरबाट समयमा सम्पन्न गराउन गाउँपालिकाका प्राविधि तथा इन्जिनियरहरुले नियमित अनुगमन तथा आवश्यक सहयोग पुर्याएको प्रमुख प्रशासकिय अधिकृत नविन भटट्राइले बताए । अधिकृत भटट्राईले भने ‘राम्रो काम गर्ने व्यक्तीलाई प्रोत्साहन गर्ने उदेश्यले गाउँपालिकाले उहाँलाई सम्मान गरेको हो ।’

गाउँपालिकाले गरेको यो सम्मानले आफुलाई काम गर्ने थप उर्जा मिलेको राउत कन्ट्रक्सनका सञ्चालक कुल बहादुर राउतले बताए । राउतले भने ‘उहाँहरुको साथ सहयोग विना यो काम सम्भव थिएन । स्थानीय, गाउँपालिकाका कर्मचारी तथा गाउँपालिका अध्यक्षको सहयोगमा म समय मै काम सम्पन्न गर्न सफल भए । मेरो कामको सम्मान गरिदिनु भएकोमा गाउँपालिका अध्यक्ष तथा सिंगो पौवादुङमा गाउँपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछु । ’

सडकको स्तउन्नोतिले यहाँका सानोदुम्मा, ठूलोदुम्मा र बास्तिमका नागरिक बाह्रै महिना सडकको पहुँचमा जोडिएका छन् । यो सडक जिल्लाको पूर्वि क्षेत्रबाट तराईका जिल्ला जोड्नको लागि सवैभन्दा छोटो मार्ग हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार