साल्पासिलिछो अध्यक्ष दौलथको पहिलो निर्णय : जेष्ठ नागरिक, दिर्घरोगी, पूर्णअपांग र बिपन्न, नागरिकको निःशुल्क स्वास्थ्य बिमा


भोजपुर, ९ बैशाख । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले यहाँका गरिव, अति  बिपन्न, दिर्घरोगी पूर्णरुपमा अपाङ्गता भएका र जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ बिमा गरी दिने भएको छ । सोमबार पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष दौलथ कुलुङ राईले उक्त पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । यो आर्थिक वर्षमा शुरुवात गरेर आगामी आर्थिक वर्षभित्र गाउँपालिकामा पूर्णरुपमा लागु गर्ने गाउँपालिका अध्यक्ष कुलुङले जानकारी दिए । त्यस्तैगरी गाउँपालिकामा एम्बुलेन्स खरिद गरेर नागरिकलाई एम्बुलेन्स सेवा दिने निर्णय गरिएकोसमेत उनले जानकारी दिए ।

अध्यक्ष राईले भने, ‘ दुर्गम क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर योजनाहरु सञ्चालन गर्ने तयारीमा छु । आज पहिलो निर्णयको रुपमा निःशुल्क स्वास्थ्य विमा र एम्बुलेन्स सेवा दिने निर्णयमा हस्ताक्षर गरे । अव अन्य विषयहरुमा पनि ठोस योजना तयार गरेर कामको थालनी गर्छु ।’ एमालेले टिकट नदिएपछि कुलुङले स्वतन्त्र उम्मेदवारी दिएर गाउँपालिका अध्यक्षमा जित हासिल गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार