भोजपुर, ६ बैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकाकाले टोल टोलबाट सामाजिक सुुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको छ । सरकारले समाजिक सुुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने नीति ल्याएको भएपनि भत्ता लिनको लागि गाउँपालिका केन्द्रसम्म आउने बृद्धबृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको हो । दोश्रो कार्यकालको लागि यो पहिलो निर्णयमा हस्ताक्षर गर्दै गाउँपालिका अध्यक्षले पदभार ग्रहण गरेका हुुन् ।
पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष किरण राईले “भने भत्ता लिन आउदा यहाँ स्थानीयलाई समस्या छ । धेरै टाडाबाट आउदा पाएको सास्ती देखेर यो कार्यकालको पहिलो निर्णयको रुपमा यो निर्णय गरेर पदभार ग्रहण गरेको छु। यहाँका बृद्धबृद्धा तथा असक्त नागरिकलाई प्रत्यक्ष लाभ पुुगोस् भन्ने मेरो उद्धेश्य हो । मैले यो घोषणा पत्रमासमेत राखेको छुु ।” गाउँपालिकाले बैंकहरुसँग समन्वय गरेर सामाजिक सुुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गर्ने व्यवस्था मिलाईने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले जानकारी दिए ।