रामप्रसादराइमा गठबन्धनका थाम बहादुर राई र बिरेन्द्र विजयी


भोजपुर ३ जेष्ठ । भोजपुरको रामप्रसादराई गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार थाम बहादुर राई (निर्माण) र बिरेन्द्र राई विजयी भएका छन् । गठबन्धनमा रहेका नेकपा माओवादीका तर्फबाट निर्माण पालिका अध्यक्षमा र काँग्रेस तर्फबाट बिरेन्द्र पालिका उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
माओवादीका उम्मेदवार निर्माणले उनका प्रतिद्धन्द्धी एमालेका बलराम राईलाई २१९ मतले पछि पार्दै पालिका अध्यक्षमा निर्वाचित भएका हुन् भने काँग्रेसका उम्मेदवार बिरेन्द्रले एमालेका कमलादेवी राईलाई १३६३ मतले पछि पार्दै पालिका उपाध्यक्षमा विजयी भएका हुन् ।
माओवादीका पालिका अध्यक्ष निर्माणले ३०७० मत र काँग्रेसका पालिका उपाध्यक्ष बिरेन्द्रले ३५७७ मत प्राप्त गरेका हुन् । यस्तै पालिका प्रमुखका प्रत्यायसी एमालेका बलरामले २८५१ जम्मा मत प्राप्त गरे भने एमालेकै पालिका उपाध्यक्षका प्रत्यायसी कमलादेवीले २२१४ जम्मा मत प्राप्त गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार