भोजपुर, २१ बैशाख ।
आगामी बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा खटाउदा मर्यादाक्रम अनुसार नखाएको भन्दै भोजपुरका शिक्षक र कर्मचारी असन्तुष्ट भएका छन् ।
विभिन्न मतदान स्थलमा खटाउदा नियोजित ढंगले नायव शुव्बालाई मतदान अधिकृत र अधिकृतलाई सहायक मतदान अधिकृतको जिम्मेवारी तोकिएपछि उनीहरुले मुख्य निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र मार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले प्रकाशित गरेको अधिकृत र सहायक मतदान अधिकृत जिम्मेवारी मर्यादाक्रम अनुसार गराउन ट्रेड युनियन र शिक्षक महासंघले माग गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार अधिकृत र मंगलवार सहायक मतदान अधिकृतको नामावली प्रकाशित गरेको थियो ।
ज्ञापन पत्र बुझदै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता आएको कर्मचारीले बताएका छन् ।मुख्य निर्वाचन अधिकृतलाई निजामति कर्मचारीहरुको अधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष खड्गबहादुर पौड्याल र शिक्षक महासंघ भोजपुरका सचिव हरि गौतमसहितको समूहले ज्ञापन पत्र बुझाएको हो ।
हेर्नुस् विज्ञप्ती