उत्कृष्ट विद्यार्थीहरुलाई पौवादुङमा गाउँपालिकाले दियो एक लाख पुरस्कार


भोजपुर, २५ चैत । विद्यार्थीहरुलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्धेश्यले पौवादुङमा गाउँपालिका भरिका उत्कृष्ट अंक ल्याउने नौ जना विद्यार्थी छात्रबृति वितरण गरिएको छ । बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम’ अन्तर्गत एक लाख रुपैया बितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका चार वटा बिद्यालयमा कक्षा ५, ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

सानोदुम्मा मावि सोनोदुम्मा, तिवारीभञ्याङ माध्यमिक विद्यालय, महादेवी आधारभुत विद्यालय, बालकल्याण आधारभुत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रबृति दिएको गाउँपालिकाले जनाएको छ । पुुुरस्कृत भएका बिद्यार्थीलाई गाउँपालिकाका अध्यक्ष किरण राईले नगद सहित प्रमाण पत्र बितरण गरेका हुन् । गाउँपालिका अध्यक्ष राईले आर्थिक अवस्था कमजोर भएका तथा बिद्यालयमा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीहरुलाई प्रोत्साहत गर्दै नियमित बिद्यालय आउने बातावरण निर्माणका लागि गाउँपालिकाले छात्रबृति बितरण गरेको बताए ।

अध्यक्ष राईले भने,‘गाउँपालिकाले यहाँका बिद्यालयहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिहेको छ । यसले विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुगेको छ । अहिले छात्रबृतिले बिद्यार्थीको पठनपाठनमा थप टेवा पुग्नेछ ।’ गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम अन्तर्गत छनौट भएर पुरस्कृत भएकोमा बिद्यार्थीहरु समेत हर्षित देखिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार