आमचोक गाउँपालिकामा सञ्चालित २० दिने हाउस वायरिङ् तालिम सम्पन्न


भोजपुर १३ चैत्त । भोजपुरको आमचोक गाउँपालिकामा सञ्चालन गरिएको २० दिने हाउस वायरिङ् तालिम सम्पन्न भएको छ । गत फागुन २४ गतेदेखि सञ्चालन भएको तालिमको आईतवार एक कार्यक्रमको वीच समापन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजनमा सञ्चालन गरिएको तालिममा गाउँपालिका भित्रका १३ जनाको सहभागिता रहेको थियो ।


दुर्गम क्षेत्रका नागरिकदाई लक्षित गरेर गाउँपालिकासंगको समन्वयमा तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख लोकन्द्र फागोले बताए । कार्यक्रममा बोल्दै आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले गाउँपालिकामा केन्द्रीय विद्युत् लाईन विस्तारको काम तिव्र गतिमा भईरहेकाले सीपआर्जन गरेका सहभागिले गाउँमै रोजगार पाउने बताए । अध्यक्ष राईले भने ‘हामीले गाउँपालिका केन्द्रसम्म केन्दी्रय विद्युत् प्रसारणलाईन जडान गरी सकेका छां ।, अवको केही दिनमा परिक्षण हँुदैछ त्यसमा यो तालिममा सहभागी भएका व्यक्तिहरुलाईने वायरिङ् गर्न प्रोत्साहन गरिने छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार