भोजपुरका व्यापारी जीवन श्रेष्ठ सहित ७ जना एमालेमा प्रवेश


भोजपुर १० चैत्त । भोजपुर सदरमुकास्थित भोजपुर बजारका पुराना व्यवसायी जीवन श्रेष्ठ नेकपा एमाले प्रवेश गरेका छन् । विहिवार भोजपुर नगरपालिका ७ को वडा भेला कार्यक्रममा उनीसहित गोविन्द सुन्दास, सन्तोष सुन्दास, राजकुमार तामाङ, दीपक तामाङ, सुमन मंग्राती, राजु प्रधानलाई एमालेमा स्वागत गरिएको छ । यसअघि कांग्रेसमा रहेका श्रेष्ठ भोजपुरका पुराना स्टेशनरी एवं मुद्रण व्यवसायी हुन् ।

उनीहरूलाई एमाले भोजपुरका उपाध्यक्ष मक्कर खड्का, प्रदेश कमिटी सदस्य भरत तामाङ, गणेश श्रेष्ठ लगायत नेताहरुले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार