भोजपुर, २९ फागुन । भोजपुर नगरपालिका ४ सिद्धेश्वरमा १५ वेडको सामुदायिक अस्पताल शिलान्यास गरिएको छ । राज्यमन्त्री उमेश श्रेष्ठ र भोजपुर नगरपालिका मेयर कैलास कुमार आलेले आईतवार एक कार्यक्रमका बीच नेत्र प्रेमकुमारी सामुदायिक अस्पतालको शिलान्याश गरेका हुन् ।
अस्पतालको शिलान्यास गर्दै राज्यमन्त्री श्रेष्ठले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।त्यस्तै शिक्षा र स्वास्थ्यको विकासले मात्र समाजको रुपान्तरण हुन सक्ने भएकाले स्वास्थ्य क्षेत्रको विकासको लागि अस्पताल निर्माण पहल गरेको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताए ।
आफु जन्मेको जन्म भुमि भएकाले यस ठाउँको विकासका लागि हरेक क्षत्र संग पहल गरिरहेको दावाँली मिलन क्लव काठमान्डौंका अध्यक्ष रोशन श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने ‘हामी भोजपुर जिल्लाको विकासका लागि निरन्तररुपमा काम गरिरहेका छौ, हाम्रो पहिलो प्राथामिक्ता भनेको शिक्षा स्वास्थ्यको विकास हो, त्यसैले यो अस्पताल निर्माण्मा सवै संग समन्वय गरेरका काम अगाडी बढाउने छौ ।’ अस्पताल निर्माणका लागि नेत्र पाण्डेले ३० रोपनी जग्गा निःशुल्क उपलव्ध गराएका छन् ।