भोजपुरको आमचोक गाउँपालिका छुवाछुत मुक्त पालिका घोषणा


भोजपुर, २ फागुन ।भोजपुरको आमचोक गाउँपालिकालाई छुवाछुत मुक्त गाउँपालिका घोषणा गरिएको छ । समृद्ध आमचोक गाउँपालिका सुखी र सुसंस्कृत आमचोकबासी भन्ने मुल नाराका साथ आईतवार गाउँपालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गरिएको हो । जातीय विभेद तथा छुवाछुतमुक्त गाउँपालिका स्वघोषणा गर्न सवै नागरिकहरुको हस्ताक्षर अभियान मार्फत छुवाछुत मुक्त पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । राईले भने ‘एक व्यक्तिले अर्को व्यक्तिलाई छुवाछुतको व्यवहार गर्नु मानविय अपराध मात्र नभएर यो कानुनी तथा सामाजिक अपराध पनि हो । यसलाई हटाएर जातिय विभेद रहित सभ्य समाज निर्माण गर्ने हाम्रो मुख्य उद्देश्य हो । ’ राईले भने ‘यो अभियानसंगै गाउँपालिकाले नीतिनिर्माण तथा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, विधुत, सडक पर्यटन लगाएतका विकासका कुराहरुलाई समेत प्रथामिकतामा राखेर काम गरिरहेको छ । त्यस मध्ये पनि हामीले कृषि क्षत्रलाई प्रथामिकतामा राखेर काम गरिरहेका छाँै यहाँ धेरै कृषि सहकारी, कृषक समूहहरु गठन गरिएको छ । गाउँपालिका आँफैले पनि नमूनाको रुपमा कृषि फर्म सञ्चालन गरेको छ । चिया, विकी, टिम्मुर, एभोकार्ड, कागती लगाएतका विरुवामा हामी आत्मानिर्भर छौ । यसले यहाका पिछाडीएका जाती, वर्ग समुदयलाई समेत आर्थिक समृद्धीमा टेवा पुग्ने छ । ’

त्यस्तै कार्यक्रममा बल्दै नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले हाम्रो समाज विविध भाषा संस्कृतीको संयोग भएकाले यो सामाजिक सुन्दरतालाई जोगाई राख्नु सवैको कतव्र्य रहेको बताए । अर्थमन्त्री शर्माले भने ‘सामाजिक चेतना मार्फत मात्र छुवाछुत प्रथालाई हटानउनु सकिन्छ । अझै पनि यस्तो अमानविय व्यवहार समाजमा हुनु दुर्भाग्यपूर्ण कुरा भएकाले यसलाई हटाउन स्थानिय, प्रदेश र केन्द्र सरकाले प्रभावकारी भूमिका खेल्नु पर्छ । यो संगै दलितहरुको आर्थिक, सामाजिक तथा सांस्कृत अधिकारलाईसमेत संविधान सम्वत कार्यन्वयन गर्नु पर्छ ।’ त्यस्तै आमचोकको विकासको लागि भोजपुर र उदयपुरको सीमाना रहेको दुधकोशी नदीको रानीटारमा पक्कि पुल निर्माणमा पहल गर्ने समेत अर्थमन्त्री शर्माले बताए ।

नेपालको संविधानको मौलिक हकमा नै छुवाछुत विरुद्धको हक उल्लेख गरिएको भने पनि समाजको जडको रुपमा रहेको यस्तो प्रथालाई हटाउन सवै एकजुट भएर लाग्नुु पर्ने संघीय सांसद सुदन किराँतीले बताए ।

कार्यक्रम मार्फत नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा, सघिय सांसद सुदन किराँती, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्थानिय जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दल, समाजसेवी लगाएत स्थानियहरुलेसमेत गाउँपालिकालाई छुवाछुत मुक्त बनाउने प्रतिवद्धता ब्यानरमा हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार