नेकपा एमाले भोजपुरको आठौं जिल्ला अधिवेशनको लोगो सार्वजानिक


भोजपुर, १७ पौष । नेकपा एमाले भोजपुरले आठौं जिल्ला अधिवेशनको आधिकारीक लोगो सार्वजानिक गरेको छ ।“दक्षिण पन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं जबजको मार्गनिर्देशनमा समाजवादको आधार निर्माण गरौं।” भन्ने मुल नाराका साथ यहि पौष २३ र २४ गते जिल्ला सदरमुकाम भोजपुरमा सम्पन्न हुने अधिवेशनको लोगो सार्वजानिक गरिएको नेकपा एमाले अधिवेशन आयोजक कमिटि प्रचार विभाग प्रमुख मकर खड्काले बताए ।

लोगोमा पार्टिको चुनाव चिन्ह र झन्डाको संयोजनसंगै भोजपुरलाई समेटिएको एमाले भोजपुरले जाएको छ । एकताको अधिवेशन समेत भएको कारण यस पटक जिल्ला भरबाट १४ सय वढि प्रतिनिधि सहभागि हुने प्रमुख खड्काले बताए । अधिवेशनको प्रचार प्रसारको तयारी तिव्र गतिमा भइरहेको खड्काको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार