भोजपुरमा लागुऔषध नियन्त्रण तथा रोकथामका लागि अन्तरक्रिया


भोजपुर, २० मंसिर । जिल्लामा लागुऔषध नियन्त्रण तथा रोकथामको विषयमा अन्तरक्रिया गरिएको छ । लागुऔषध प्रयोग कर्ताहरुको संख्या बढेसंगै त्यसको नियन्त्रणमा जिल्लाका औषधी पसल तथा बस व्यवसायीहरु संग अन्तरक्रिया गरिएको हो । औषधी पसलहरुबाट बिना पूर्जी औषधी खरिद गरी लागु औषधको रुपमा गलत ढंगले प्रयोग गर्ने गरेकाले त्यसको नियन्त्रण तथा रोकथामको लागि जिल्ला सदरमुकाममा रहेका औषधी पसल सञ्चालकहरुसंग छलफल गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

त्यस्तै सवारी साधानबाट समेत लागुऔषध ओसारपसार हुने गरकोले सवारी चालकहरुसंगसमेत अन्तरक्रिया गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राज कुमार राईले बताए । राईले भने ‘औषधी पसलबाट विना पूर्जीका औषधी तथा सवारी साधानबाटसमेत लागुऔषध ओसापसार भएको जानकारी पाएपछि हामीले औषधी व्यवसायी, सवारी चालक, सहचालकसंग यसको रोकथामको विषयमा छलफल गरेका छौ । सवैलाई यस्तो औषधी वेचविखान तथा लागुऔषध ओसारपसार नगर्न अनुरोध गरिएको छ । यदि कसैले बेचविखान तथा ओसारपसार गरेको पाईएमा कानुन बमोजिम कार्वाही हुन्छ ।’

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्तो अभियान सञ्चालन गरिएको प्रहरी कार्यालय भोजपुरले जनाएको छ । यस्ता गतिविधी रोक्न गाउँगाउँसम्म सचेतनामूलक अभियान सञ्चालन गर्ने योजना रहेको डिएसपी राईले बताए । त्यस्तै सवारी चालक तथा सह चालकहरुले यात्रुलाई राम्रो व्यवहार नगरेको पाईएकोले त्यस विषयमा उनिहरुलाई प्रशिक्षणसमेत दिईएको डिएसपी राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार