न्यायालयमा भएको विवादको विषयमा गठबन्धनको साझा धारणा आउछ : प्रचण्ड


भोजपुर २६ कात्तिक । न्यायालयमा भएको विवादको विषयमा पाँच दलिय गठबन्धनको साझा धारणा छिटै आउने नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज (शुक्रवार) माओबादी केन्द्र भोजपुुरको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा भोजपुुर आएका प्रचण्डले प्रेश सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत यस्तो बताएका हुन । पत्रकार संग कुरा गर्दै प्रचण्डले भने ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विबादमा मुछिनु राम्रो होईन सर्वाेच्च अदालत भित्रको विवाद त्यहि भित्रबाटै मिलाउन सके राम्रो हुन्छ, तर त्यस विषयमा हाम्रो साझाधारण छिटै बाहिर ल्याउछौ ।’

त्यस्तै अहिलेको पाँचदलिय गठवन्धन चुनाव सम्मनै जाने बताउदै उनले भने आवश्यक परे निर्वाचन पछाडी सम्म पनि जान सक्छ । स्थानिय तहको चुनाव निर्वाचन आयोगले चैत्रमा तोकेको भए पनि संविधान अनुसार ६ महिना अघिपछी सम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताए । सकेसम्म एकै पटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्च समेत जोगीने उनको बताए । यस विषयमा भने गठवन्धन संग छलफल भईरहेको समेत उनले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रचण्डले पुर्वाञ्चल कम्युनिष्ट आन्दोलनको उर्वभर भुमि रहेको बताए । यहिबाट कम्युनिष्ट आन्दोलको विकास भएको भन्दै उहाले झापा विद्रोह लगाएतका ठूलठूला आन्दोलनहरु पुर्वबाटै सुरु भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार