फष्ट रैफल गण भोजपुरद्धारा ‘गो ग्रिन’ कार्यक्रम अन्तर्गत एक जवान एक विरुवा रोपनअभियान सञ्चालन


भोजपुर ११ असोज । फष्ट रैफल गण भोजपुरले वातावरण संरक्षणमा योगदान गर्ने लक्ष्य साथ एक जवान एक विरुवा रोपनको अभियान सञ्चालन गरेको छ । फष्ट रैफल गण भोजपुरले ‘गो ग्रिन’ कार्यक्रम अन्तर्गत एक जवान एक विरुवा रोपनको अभियान सञ्चालन गरेको छ । सेनाले भोजपुरको इनामे सामुदायिक वनमा बृक्षरोपन गरेर अभियानलाई निरन्तरता दिएको हो । यो अभियान अन्तर्गत जिल्लाभर १२ हजार विरुवा रोप्ने योजना रहेको नेपाली सेनाले जनाएको छ । ग्रो ग्रीन कार्यक्रम अभियानमा डिभिजन वन कार्यालयको सहयोगमा धुप्पी सल्ला, तेजपत्ता, मसला, पयुँ लगायतका विरुवा सहयो गरेको फष्ट रैफल गण भोजपुरका गणपति विश्वनाथ तिमलसीनाले बताए । रोपिएका विरुवाहरु संरक्षण नेपाली सेना र स्थानीयहरुले संरक्षण गर्ने जनाइएको छ । मौसम परिवर्तनले वातावरणमा पार्ने प्रभावलाई सन्तुलन कायम राख्नका लागि पनि वृक्षारोपण आवश्यक रहेको स्थानीको भनाइ छ । सुख्खाग्रस्त क्षेत्रलाई हरियाली बनाउने उद्धेश्यले थालेको कामको इनामे सामुदायिक वनका अध्यक्ष पदम बहादुर कार्कीले बताए ।

वृक्षारोपण कार्यक्रममा सहभागीले नेपाली सेनाले थालनी गरेको यो अभियानको प्रशंसा गर्दै अभियानलाई सफल बनाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने बताएका छन् । स्थानीय तहले सेनाले गरेको कामको प्रशंसा गर्दै यो अभियानमा साथ दिने जनाएको छ । रोपिएका विरुवाहरुलाई हुर्काउनको लागि वनसमितिलाई सकृय बनाएर सिँचाईको व्यवस्थामा सहयोग गर्ने भोजपुर नगरपालिका वडा १२ का वडा अध्यक्ष कुमार प्रसाद श्रेष्ठको भनाई छ । कार्यालयको भनाइ छ । सेनाले सुख्खाग्रस्त क्षेत्रमा विरुवा रोपिदिएपछि स्थानीय उत्साहित भएका छन् । सो स्थान बढी सुख्खग्रस्त क्षेत्र भएको सिँचाइको लागि भने समस्या रहेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार