भोजपुरको वोखिमका होमस्टे सञ्चालन सम्बन्धि तालिम शुरु


भोजपुर, ३० भदौ । भोजपुर नगरपालिका– ५ बोखिममा होमस्टे पर्यटन विकास सम्बन्धि तालिक शुरु भएको छ । बुधबारबाट शुरु भएको तालिम असोज १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यहाँ सामुदायिक होमस्टे सञ्चालन गर्ने लक्ष्यका साथ स्थानीयलाई तालिम दिइएको हो । भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आलेको प्रमुख अथित्यतामा उद्घाटन भएको कार्यक्रममा नगरपालिका उपप्रखुख ममिता राई, वडाध्यक्ष जस बहादुर राई, वडासस्दय आशा देवी राई, समाजसेवी भरत तामाङ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका बोल्ने बक्ताहरुले तालिम सञ्चालन भएपश्चात होमस्टे सञ्चालनमा सहजता हुने धारणा राखेका थिए । साथै यसले पर्यटन विकासमा टेवा पुग्ने उनीहरुको भनाइ थियो । तालिमको सहजीकरण घनश्याम ढकालले गरिरहेको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार