भोजपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मा हत्या


भोजपुर १२ भदौ । भोजपुरको षडानन्द नगरपालिका -९ ताल खर्कका ४० बर्षिय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले समेत आत्माहत्या गरेका छ्न ।राईले शुक्रवार राती २८ वर्षया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार राईले श्रीमतीको हत्या गरी घर नजिकै रहेको दुधिलोको रुखमा झुन्डिएर आत्माहत्या गरेका हुन ।आमालाइ खुकुरी प्रहार गरेको देखे पछि ८ बर्षिय छोराले स्थानीयलाई खवर गरेका थिए ।

घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइ सकेको र उनलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला स्थानियले जनाएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार