भोजपुर, ३० साउन ।
कोरोना संक्रमणबाट भोजपुरमा एक जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका ७ का ८८ वर्षिय बृद्धको कोरोनाबाट मृत्यु भएको हो । भोजपुर जिल्लामा सञ्चालित कोभिड अस्पतालमा उपचाररत वृद्धको गएराति मृत्यु भएको हो ।
कोरोनाबाट भोजपुरमा हाल सम्म ९ जनाले ज्यान गुमाइसकेका छन् ।