भोजपुर २२ जेष्ठ । “ नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणलीको पुनस्थापना” भन्ने नाराका साथ भोजपुरमा पनि विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाईएको छ । दिवसको अवसरमा डिभिजन वन कार्यालय भोजपुरद्धारा कार्यालय परिसरमा गुँरास तथा अन्य विभिन्न प्रजातीका विरुवा रोपिएको हो ।
वातावरण प्रदुषणका कारण विभिन्न रोगको संक्रमण फैलने भएकाले त्यसको नियन्त्रणमा समेत स्वच्छ वातावरण आवश्यक्ता पर्ने भएकाले हालको लकडाउनको समयमा पनि सामाजिक दुरी कायम गरेर विभिन्न प्रजातिका विरुवा बृक्षारोपण गरिने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विश्णुलाल घिमिरेले बताए । त्यस्तै विकास निर्माणको कामले प्राकृतिक सौन्दर्यता तथा जैविक विविधतालाई क्षति भईरहेकाले विकास निमार्णका काम गर्दा वातावरणलाई क्षति नपुग्ने गरी निर्माण गर्नु पर्ने प्रमुख घिमिरिले धाराण राखे । वातावरण संरक्षणका लागि स्थानीयस्तरसम्म जनचेतना फैलाउने पर्ने फेकोफोन भोजपुरका अध्यक्ष राजन राईले बताए । त्यस्तै वातावरण दिवसकै अवसरमा अधेँरी बाखुम सामुदायिक वनका सचिव रत्न बहादुर राई सम्मान गरिएको छ ।
राईले विगत दुई दशकदेखि सचिव पदमा रहेर वन तथा वातारण संरक्षणमा पुर्यायको योगदानको कदर गर्दै सम्ममान गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ । वृक्षारोपण गरेको ठाउँमा जथाभावी गाई वस्तु चराउने तथा सरोकारवाला पक्षले संरक्षण नगर्दा विरुवाहरु हुर्काउन समस्या हुने गरेको सहभागिले वताएका छन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्षको जुन पाँच तारिखमा यो दिवस मनाउने गरिन्छ ।