चौथो टेम्केमैयुङ्ग मुन्धुम ट्रेलरेस २०२१ कोरोना संक्रमणका कारण स्थगित


भोजपुर १२ बैशाख। चौथो टेम्केमैयुङ्ग मुन्धुम ट्रेलरेस २०२१ कोरोना संक्रमणका कारण स्थगित गरीएको छ । बैशाख १८ हुने ट्रेलरेस लगाएत रिमाचोङ्ग एजुकेशन तथा स्पोर्टस् एकेडेमी द्वारा सञ्चालन हुर्दै आएका सवै खेलहरु स्तगित गएको जनाईएको । आइतवार जारी प्रेस विज्ञप्तीमार्फत अर्को सूचना प्रकाशन नगरेसम्म चौथो टेम्केमैयुङ्ग मुन्धुम ट्रेलरेस २०२१ स्थगित गरिएको रिमाचोङ्ग एजुकेशन तथा स्पोर्टस् एकेडेमी भोजपुरका अध्यक्ष ध्यक्ष पावीहाङ्ग राई बताए । अध्यक्ष पावीहाङ्ग राई र सचिव संग्राम राईद्वारा हस्तक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न र त्यसबाट हुने जनधनको क्षति न्युनिकरण गर्ने उदेश्यकले नेपाल सरकारको तर्फबाट २५ जनाभन्दा माथी भेला भई सार्वजनीक रुपमा सभा सम्मेलन लगायतका सबै किसीमका औपचारीक कार्यक्रमहरु सञ्चालन गर्न नदिने निर्णय भई सूचना समेत जारी भईसकेको छ । सरकारको उक्त निर्णयलाई शिरोधार्य गर्दै यस एकेडेमीले पुर्व निर्धारीत मितिमा गर्ने भनिएको रेस तोकिएको मितिमा सञ्चालन नगर्ने निर्णयमा पुगेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार