चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिता शुरु


भोजपुर ५ बैशाख। भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आइतवारबाट चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी अखिल नेपाल फुटवल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा र बिशिष्ट अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले निर्णायकलाई बल हस्तान्तरण गर्दे उद्घाटन गरेका हुन । भोजपुर जिल्ला फुटबल संघको आयोजना, भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा तथा चौधरी ग्रुपको सहप्रायोजनमा संचालन हुने प्रतियोगितामा अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनको टिम सहित आयोजक भोजपुर फुटबल क्लब, धरान फुटबल क्लब सुनसरी, सगरमाथा युथ क्लब मोरंग, धनकुटा फुटबल क्लब, धनकुटा, रेडहर्ष फुटबल क्लब इलाम, भगवती स्पोर्टस क्लब खोटाङ गोर्खा ब्याइज क्लब, रूपन्देही गरी ८ वटा टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको पहिलो उद्घाटन खेल आइतवार भगवती स्पोर्टस क्लब खोटाङ र धरान फुटबल क्लब सुनसरीका बिचमा हुने छ । यसैगरी दोश्रो खेल सगरमाथा युथ क्लब मोरंग र आयोजक भोजपुर फुटबल क्लबका बिच बैशाख ६ गते हुने छ । तेश्रो खेल अफ्रिकन रुटस एसोसिएशन क्यामरुन र धनकुटा फुटवल क्लबका बिचमा ७ गते र चौथो खेल रेडहर्ष फुटबल क्लब इलाम र गोर्खा ब्याइज क्लब रूपन्देहीका बिच बैशाख ८ गते हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका महासचिव तथा खेल संयोजक सफल किरातले बताए । गोल्डकप विजेताले ५ लाख उपविजेताले ३ लाख रुपैया हात पार्नेछ ।

आगामी बैशाख ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्ने छन । प्रतियोगिताको फाइनल खेल भने बैशाख ११ गते हुने छ ।करिव ३४ लाखको लागतमा हुने फुटवल प्रतियोगितामा भोजपुर नगरपालिकाबाट २५ लाख, भोजपुर जिल्ला फुटवल संघबाट ५ लाख र चौधरी ग्रुपले १ लाख सहयोग गरेको छ भने बाँकी रकम अन्य बिभिन्न क्षेत्रबाट संकलन गरिने आयोजक भोजपुर जिल्ला फुटवल संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार