पौवादुङमा गाउँपालिकाद्वारा कृषकलाई कृषि सामाग्री वितरण


भोजपुर २९ चैत्र ।भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले आफनो क्षेत्रका कृषकहरुलाई बिभिन्न कृषि सामाग्रीहरु बितरण गरेको छ ।गाउँपालिकाले पालिका भित्रका कृषकहरुलाई आइतवार कृषिसँग सम्वन्धित सामाग्रीहरु बितरण गरेको हो । गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत साझेदारीमा कृषिका सामाग्रीहरु बितरण गरिएको कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताए । कृषकहरुले थोपा सिचाई, प्लास्टिक टनेल लगायतका सामाग्रीहरु पाएका छन । गाउँपालिकाबाट सहयोग पाए पछि कृषकहरु समेत उत्साही बनेका छन ।

गाउँपालिका भित्रका २२ कृषकलाई सामाग्री बितरण गरिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन । कृषकलाई कृषि क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने उद्धेश्यले आर्थिक बर्ष २०७७÷०७८ को बजेट र कृषकको साझेदारीमा कृषि सामाग्रीहरु बितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। यस अघि पनि गाउँपालिका भित्रका कृषकहरुलाई मौरीको घार लगायतका सामाग्रीहरु समेत सहयोग गरि सकेको अध्यक्ष राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार