भोजपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


भोजपुर २४ चैत्र । अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार धरानबाट भोजपुरतर्फ आउदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा ट्रकमा सवार सोही ट्रकका धनि मोरङ पथरीशनिश्चरे– ८ का ४३ वर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमा नै मृत्यु भएको छ भने ट्रक चालक भोजपुर अरुण गाउँपालिका– ६ जरायोटार का २० बर्षीय जनक बहादुर खड्का गम्भीर घाईते भई विराट नर्सिङ कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सवको पोष्टमाटम भने मंगलबार जिल्ला अस्पतालभोजपुरमा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर प्रदिप लामाले बताए ।

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा सुर्खेत । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् । मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् । कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिएपनि मन्त्रीहरुले मंगलबार राजीनामा दिएका हुन् ।

आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार