बैशाख ५ गतेबाट भोजपुरमा चौथो मेयर अन्तर्राष्ट्रिय गोल्डकप फुटबल हुँदै


भोजपुर, २० चैत । भोजपुरमा बैशाख ५ गतेबाट चौथो मेयर अन्तर्राष्ट्रिय गोल्डकप पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
चौतिस लाखको लागतमा आगामी वैशाख ५ गते देखि ११ गतेसम्म सदरमुकाममा रहेको टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

प्रतियोगितामा अफ्रिकन रुट एसोसिएसन क्यामरुन, रेड हर्ष फुटबल क्लब इलाम, सगरमाथा यूथ एसोसिएसन मोरङ, धरान फुटबल क्लब सुनसरी, धनकुटा फुटबल क्लब धनकुटा, खोटाङ भगवती स्पोर्ट क्लब खोटाङ, गोर्खा ब्याइज रुपन्देही र भोजपुर फुटबल क्लब भोजपुर गरी ८ टिमको सहभागिता हुने भोजपुर जिल्ला फुटबल संघका महासचिव तथा प्रतियोगिताका खेल संयोजक सफल किराँतले बताए ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र जिल्ला फुटबल सङ्घको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः नगद ५ लाख, ३ लाख, मेडल ट्रफी र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले २५ लाख, भोजपुर जिल्ला फुटबल सङ्घले ५ लाख र अन्य ४ लाखका लागि भने प्रायोजकको खोजी भइरहेको खेल संयोजक किराँतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार