
भोजपुर, २१ चैत । नेकपा एमाले भोजपुरले दुई दिनसम्म सञ्चालनमा भएको जिल्ला कमिटि वैठकको निर्णय सार्वजनिक गरेको छ । एमालेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष मक्कर खड्का, सचिव किरण राई, उप सचिव धर्म किराँती सहित ५७७ सदस्यीय जिल्ला अधिवेसन कमिटि गठन गरेको छ । जिल्ला अधिवेसन आगमी २०७८ असोज मसान्त सम्पन्न गरिने पार्टी अध्यक्ष प्रेम कुमार राईले जानकारी दिए ।
त्यस्तै वैठकले १०१ सदस्यीय सचिवालय समेत विस्तार गरको जनाएको छ । युवाहरुको भेलाले ज्ञानेन्द्र राईको अध्यक्षतामा ५०१ सदस्यीय युवा संघ जिल्ला अधिवेसन कमिटि गठन गरेको जानकारी दिइएको छ । त्यस्तै पत्रकार मम्मलेन मार्फत गत पौष महिनामा भएको अनेरास्ववियुको भेलाले शुसिल कार्कीको अध्यक्षतामा ५९ सदस्यीय जिल्ला अधिवेसन कमिटिलाई अनमोदन गरेको बताइएको छ । त्यस्तै यहि चैत्र १२ गते भएको महिला भेलाले कविता राईको अध्यक्षतामा ७५ सदस्यीय अनेम संघ जिल्ला कमिटि गठन गरिएको जिल्ला प्रचार विभाग प्रमुख केशर राईले जानकारी दिए । वैठकले नौ वटै स्थानीय तहमा इन्चार्ज, सह इन्चार्ज,अध्यक्ष उपाध्यक्ष, सचिव र सह सचिवको जिम्मेवारी समेत तोकेको जनाइएको छ । स्थानीय तहमा जिम्मेवारी पाएका तथा जिल्ला कमिटिमा रहेकाहरुको चैत २४ वैठक बसेर पूर्णता दिइने जनाइएको छ । त्यस्तै वैठकले भावी कार्ययोजना समेत तोकको छ । वैठकले स्थानीय तहमा पार्टीलाई व्यवस्थित बनाउन केन्द्रिय सदस्य, प्रदेश १ सह इन्चार्ज तथा मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा हुन लागेको कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
वैठकले २०७८ बैशाख ७ गते अरुण गाउँपालिकाको प्याउली, ८ गते पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रे, ९ गते रामप्रसादराई गाउँपालिकाको वैकुण्ठे, १० गते आमचोक गाउँपालिकाको वालांखामा कार्यक्रम गर्ने भएको छ । त्यस्तैगरी हतुवागढी गाउँपालिकाको घोडेटारमा ११ गते, साल्पासिलिछो गाउँपालिकाको चौकी डाँडामा १७ गते, षडानन्द नगरपालिकाको दिङ्लामा १८ गते र टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा १९ गते कार्यक्रम गर्ने कार्यतालिका रहेको पार्टीका सचिव किरण राईले जानकारी दिए । सवै स्थानीय तहमा कार्यक्रम सम्पन्न भएपश्चात बैशाख २५ गते सदरमुकाममा बृहत कार्यक्रम गर्ने पार्टी उपाध्यक्ष मकर खड्काले जानकारी दिए ।