भोजपुर, २० चैत्र । नेकपा एमाले भोजपुरको पूर्ण वैठक सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको वैठकले प्रेम कुमार राई संयोजक, मक्कर खड्का सह–संयोजक, किरण राई सचिव र धर्म किराँती सह–सचिव रहने गरी ५७५ सदस्य जिल्ला अधिवेसन कमिटी गठन गरेको पार्टीले जनाएको छ ।
त्यस्तै आज भएको युवा संघको भेलाले कार्यसमिति समेत चयन गरेको छ। अध्यक्षमा ज्ञानेन्द्र राई, उपाध्यक्ष उत्तरराज खड्का, सचिवमा रविन थापा, सह–सचिव राजन श्रेष्ठ र कोषाध्यक्ष सरोज चाम्लिङ गरी ५५१ सदस्य युवा नेपालको गठन गरेको अध्यक्ष ज्ञानेन्द्र राईले जानकारी दिए । यस अघि अनेमा संघको समेत जिल्ला कमिटी गठन भइसकेको छ ।
एमालेका जिल्ला अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति एमालेका केन्द्रिय सदस्य, प्रदेश १ सह इन्चार्ज तथा मुख्यमन्त्री शेरधन राई रहेका थिए ।