भोजपुर, २५ फागुन । सर्वोच्च अदालतको फैसलापछि भोजपुरमामा नेकपाको साइन बोर्ड हटाएर नेकपा एमालेको बोर्ड टाँगिएको छ। आज दिउँसो टुडीखेलमुनी रहेको साविकको नेकपाको पुरानो कार्यालयमा नेकपा एमालेको नयाँ साइन बोर्ड टाँगिएको हो। सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएसँगै भोजपुरमा साविक एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालयमा गतिविधि सुरु गरेका हुन्। ओली पक्षका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा वोर्ड राखेका हुन्।
अदालतले नेकपा एकता खारेज भएको र एकता हुने भए पुनः निर्वाचन आयोगको स्वीकृतिबाट आउनु पर्ने निर्णय गरेको थियो । नेकपाको वोर्ड हटाएपछि टाँगिएको बोर्डमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको छ ।