पौवादुङमा गाउँपालिकामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, पन्चकन्या मावि प्रथम


भोजपुर, २३ फागुन । पौवादुङमा गाउँपालिकामा  दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गत १९ गतेबाट शुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ६ ओटा माध्यामिक विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पञ्चकन्या माध्यमिक विद्यालय च्याङ्ग्रे प्रथम, राधाकृष्ण माध्यमिक विद्यालय श्यामशिला दितिय र सानोदुम्मा माध्यमिक विद्यालय तृतिय बनेको आयोजकले जनाएको छ । प्रयोगितामा छात्र, छात्रा भलिवल, हाइजम्प, लङ जम्प, रिले दौड लगाएतका प्रतियोगिता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार