पौवादुङमा गाउँपालिकाद्धारा व्याडमिन्टन प्रशिक्षण शुरु


भोजपुर ७ फागुन । पौवादुङमा गाउँपालिकाले व्याडमिन्टन प्रशिक्षण शुरु गरेको छ । गाउँपालिका भित्रका १५ बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गर्दै प्रशिक्षण सुरु गरेको हो ।

स्वास्थ्य नागरिकको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ कार्यक्रमको अयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रशिक्षण संगै सवै सहभागि खेलाडीलाई जुत्ता, मोजा, टिसर्ट, हाप पेन्ट, ¥याकेट वितरण गरिएको छ । जिल्लामै राष्ट्रिय खेलाडी उत्पादन गर्ने तथा आगामी दिनमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको बिभागिय टिम तथा राष्ट्रिय टिम बाट खेल्ने साथै गाउँपालिका संगै राष्ट्रकै गरिमा सान बढाउने सोचका साथ प्रशिक्षणको आयोजना गरिएको गाउँपालिका अध्यक्ष किरण राईंले बताए । राईले भने ‘खेलकुदलाई रोजगार संग जोड्दै जिल्लामै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको छ, भविस्यमा उनिहरुले गाउँपालिका साथै राष्ट्रको नाम पहिलो स्थानमा राख्नेमा हामी आसाबादी छौ ।’

महिला र पुरूषलाई बराबर अबसर प्रदान गर्दै सरादेवि, नङसाल देवि, बिकास श्रेष्ठ, रत्नजित तामाङ, बिबेक श्रेष्ठ जस्ता खेलाडी गाँउपालिकामै उत्पादन गर्ने राईको भनाई छ । खेलकुदलाई व्यवासायिक बनाउनको लागि अहिले पुर्वधार निर्माणमा पालिका लागेको अध्यक्ष राईले बताए । विहिबारबाट सुरु भएको तालिममा १५ जना बालबालिकाको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार