टेम्केमैयुङ गाउँपालिका –४ नागिका ४३ गरिव तथा विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण


भोजपुर, २२ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –४ नागिले गरिव तथा विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण गरेको छ । वडा भित्रका सवै फुसको छानोे हटाउने लक्ष्यका साथ आर्थिक अवस्था कमजोर भएका ४३ परिवारलाई जस्ता पाता वितरण गरिएको हो । वडा भित्रका फुसको छानो भएका सवै गरिव घरपरिवारलाई जस्तापाता वितरण गरिएको र अब चाडै फुसको छानो मुक्त वडा घोषणा गरिने टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष विवस राईले बताए ।

वडा कार्यालयले मंगलबार एक कार्यक्रमका साथ जस्तापाता वितरण गरेको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ध्रुर्वराज राईले भने ‘हामी गाउँपालिकालाई प्रदेश १ कै पहिलो उज्यालो पालिकाको रुपमा घोषणा गर्न सफल भएका छौँ अव हामी गाउँपालिकालाई फुसको छानो मुक्त गाउँपालिका बनाउने अभियानमा जुटेका छौ । यस वर्ष पहिलो चरणमा गाउँपालिकाको वडा नम्वर ३, ४, ६,७ र ८ लाई पूर्णरुपमा फुसको छानो मुक्त्त वडा बनाउनको लागि गाउँपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गरेर काम सुरु भएको छ ।’

 

आगामी वर्ष सम्ममा गाउँपालिकाका सवै वडालाई फुसको छानो मुक्त्त बनाईन अध्यक्ष राईले बताए । गाउँपालिका भित्रका सवै फुसको छानोे हटाउने लक्ष्यका साथ आर्थिक अवस्था कमजोर भएका परिवारलाई लक्षित गरेर जस्तापाता वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार