
भोजपुर २१ माघ । भोजपुरमा सुआहारा दोस्रो कार्यक्रम प्रभावकारी वन्दै गएको छ । जिल्लामा सञ्चालित पोषण संवेदनशील कृषि सम्वन्धी दुई दिने तालिम मार्फत यस्तो जानकारी दिईएको हो । जिल्लाका ९ वटै स्थानिय तहका कृषि तथा पशु प्राविधिक, ग्रामिन नमुना कृषक, स्रोत व्यक्तिहरुलाई पोषण सम्बन्धी रणनिती तथा हजार दिने आमा र बच्चाको पोषण सम्वन्धी जानकारी दिने उदेश्यका साथ कार्याक्रम सञ्चालन गरिएको हो । त्यस्तै हजार दिने आमा र बच्चाको पोषण र स्वास्थ्यमा सुधार ल्याउने उदेश्य तथा आगामी दश बर्ष भित्र महिला, बालबालिका तथा किशोरीमा हुने कुपोषण हटाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन भई रहेको सुआहारा भोजपुरका कार्यक्रम संयोजक अनिता थापाले बताईन ।
थापाले भनिन ‘अमेरीकी सहयोग नियोग (युएसए आइडी)को आर्थिक सहयोगमा सञ्चालित सु आहारा दोश्रो कार्यक्रम भोजपुरका ९ वटै स्थानिय तहमा सञ्चालित छ । त्यसलाई अझ प्रभावकारी बनाउन कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञय केन्द्र भोजपुर लगाएत स्थानिय तहका कृषि तथा पशु प्राविधिक संग छलफल गरेका हौ ।’ बिशेष गरी बालबालिकाहरुको पोषण, महिलाको स्वास्थ्य तथा सरसफाईको क्षेत्र तथा आगामी योजनालाई बिशेष प्राथमिकतामा राखेर छलफल गरिएको प्रमुख थापाको भनाई छ । हाल सम्म जिल्ला भर ३७ हजार दुई सय ४० घर धुरीमा सेवा पुग्न सफल भएको छ भने १२ हजार ४४१ हजार दिने आमा बच्चा तथा तिनका परिवार प्रत्येक्ष लावान्दित भएको संयोजक थापाको दावी छ ।

त्यस्तै जिल्ला समयन्वय समिति प्रमुख लक्ष्मण खड्काले मानिसको जीवनमा सन्तुलित खानाको आवश्यकता रहेकोले पोषण सम्वन्धी सुआहाराले मात्र नभएर सवै एकजुट भएर लाग्नु पर्ने बताए । सन्तुलित खानाको अभावमा विभिन्न रोगहरु लाग्ले भएकाले स्थानिय तहका कृषि तथा प्राविधीकहरु संगभएको छलफलले पोषणको महत्वको बारेमा गाउँ घरका तल्लो तह सम्म पुर्याउन सहज हुने प्रमुख खड्काको भनाई छ । त्यस्तै अहिले हरेक समुदायमा जनचेतनाको क्रमिकरुपमा सुधार हुदैँ बालबालीका र महिला स्वास्थ्यमा एकप्रकारको क्रान्ति नै छाएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नेतले बताए । कार्यक्रम लागु भएपश्चात बालबालीका र आमाको स्वास्थ्य अवस्था कसरी स्वस्थ्य राख्न सकिन्छ भन्ने बिषयमा जानकारी भएको कार्यक्रमबाट लाभान्वित लक्षित बर्गको भनाई छ । सुआहारा कार्यक्रमले समुदायका प्रत्येक परिवार र तिनका सदस्यहरुमा गर्भवती, सुत्केरी महिला र दुई वर्षमूनिका बालबालिकाको स्वास्थ्यप्रति जागरुक मात्रै गराएको छैन, ति घरमा अहिले पौष्टिकयुक्त सन्तुलित खानपान तथा सरसफाई अनिवार्य आवश्यकता र सर्तसमेत बनिसकेको ग्रामिन नमुना कृषक मणी कुमार भट्टराईले बताए ।
तालिमको सहजिकरण कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्र प्रसाद यादव, कृषि प्रचार अधिकृत अनिश सुवेदी, सुआहारा भोजपुरका पोषण स्वास्थ्य अधिकृत हरीगेन्द्र सिंह, डा. विशाल पोखरेल, कृषि अधिकृत संजीव परियार, कार्यक्रम संयोज अनिता थापा त्यस्तै भेटेनरी अस्पाताल तथा पशु बिज्ञ केन्द्र संखुवासभाका हिमालय पोख्रेलले, भेटेनरी अस्पाताल तथा पशु बिज्ञ केन्द्र भोजपुरका सुन्दरलाल यादव, गरेको सुआहारा भोजपुरका फिल्ड संयोजक मबिन राईले जानकारी दिए । सु आहारा भोजपुरको व्यावस्थापन तथा कृषि ज्ञान केन्द्र भोजपुर र भेटेनरी अस्पताल पशु बिज्ञ केन्द्रको संयोजनमा मंगलबार स्वास्थ्य कार्यालय भोजपुरको तालिम हलमा सम्पन्न भएको हो । तालिममा कृषि तथा पशुसाखा प्रमुख सहित ४४ जनाको सहभागिता रहेको थियो ।



















