भोजपुरको चोलन्तीमा जारी वडास्तरिय भलिबल प्रतियोगिताका सेमिफाइलनका खेल सम्पन्न, आज फाइनल हुँदै


भोजपुर ७ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चोलन्तीमा जारी वडास्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगिताको सेमीफाईनलका खेलहरु सम्पन्न भएका छन् । टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा माघे संक्रान्तीको अवसरमा भइरहेको खेलको चौथो दिन मंगलबार सेमिफाईनलका खेलहरु सम्पन्न भएका हुन् । सेमीफाइनलको लागि पुरुष तर्फ मंगलबार भएको टेम्केमैयुङ गाउँपालिकामा–८ गोगने र खोटाङको दिक्तेल मजुवागढी नगरपालिकाबीच प्रतिस्पर्धाबाट गोगने तेस्रो भएको छ ।

त्यस्तै खेलको प्रथम स्थानका लागि भने रामप्रसादराई गाउँपालिका वडा नम्वर ५ र ६ का टिम भिड्ने छन् । महिला तर्फ सेमिफाईनलमा चार टिमको सहभागिता रहेको थियो जसमा टेम्केमैयुङ गाउँपालिका–९ लेखर्क तेस्रो भएको छ । बुधबार (आज) हुनेले फाईनल खेलमा महेन्द्र आधारभुत विद्यालय र तिम्मा खेलकुद समिति बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पुरुष तर्फ प्रथम हुनेले रु. ५१ हजार, दोस्रो हुनेले रु.३१ हजार, तेस्रो हुनेले रु.१६ हजार र सान्तावना हुनेले रु.नौ हजार पाउने आयोजनको भनाइ छ ।

त्यस्तै महिला तर्फ प्रथम हुनेले रु.१६ हजार, दोस्रो हुनेले रु.११ हजार, तेस्रो हुनेले रु. पाँच हजार एक सय पाउने छन्, भने प्रथम हुनेले ट्रफी, मेडल र प्रमाण पत्र, अन्यटिमले मेडल र प्रमाण पत्र पाउने सुनखरी एकता संघ टेम्केमैयुङ गाउँपालिका–५ का सल्लाकार शुवास विष्टले बताए ।वडास्तरीय भलिवल प्रतियोगिताको सुनखरी एकला संघ टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीको आयोजना तथा संयोजनमा सम्पन्न भएको हो । माघ ३ गतेदेखि शुरु भएको खेलमा पुरुष २० र महिला ९ गरी जम्मा २९ टिमको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार