भोजपुर, ८ पौष ।
सूचना प्रविधी क्षेत्रको विश्वको सबै भन्दा ठुलो प्रतियोगीता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियन सीप ७७ ओटै जिल्लामा सञ्चालन हुने भएको छ । पोखराको सृजना चोकमा रहेको दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटले अघिल्लो वर्षको जस्तै यस वर्ष पनि माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियन सीपमा विद्यार्थीलाई सहभागी गराउन लागेको हो ।
भोजपुरबाट विद्यार्थी सहभागी गराउने जिम्मा भने मिसनटप कम्प्युटर ट्रेनिङ सेन्टरले प्राप्त गरेको छ ।
माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियन सीप एक विश्वव्यपाी प्रतिस्पर्धा रहेकाले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्न सहयोग गर्ने जनाइएको छ । साथै यस सहभागीलाई विद्यार्थीलाई माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउने छ । प्रतियोगिता जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तह रहेको छ । माईक्रोसफ्ट सर्टीफिकेशन एक अन्तराष्ट्रिय प्रमाण पत्र हो ।
१३ वर्ष पूरा भई २२ वर्षसम्मकाले प्रतियोगितामा सहभागी हुन सक्ने छन् । जिल्लास्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका लागि पोखरा जानेछन् भने पोखरामा ७७ जिल्लाबाट छानिएका ४६२ जना बिजेताहरु बीच प्रतिस्पर्धा हुनेछ ।
पोखराबाट प्रत्येक विधाका २ जना गरी ६ जना विद्यार्थी वल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डो, फ्लोरिडा जान पाउने आयोजकले जनाएको छ । विगत १८ वर्ष देखी यस च्याम्पियनसीप भैरहेको र सन् २०२० मा १३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा नेपालले यस अघि २०१३ मा वल्ड च्याम्पियनसीपको उपाधी हासिल गरेको थियो ।
कम्प्युटर सफ्टवयर, कम्प्युटर शिक्षा तथा उच्च शिक्षा अध्ययनको क्षेत्रमा कार्य गर्दै आएको मिसनटप कम्प्युटर ट्रेनिङ सेन्टरले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियन सीपमा सहभागी गराउने सेन्टरका प्रमुख प्रजन राईले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्नको लागि सम्पूर्ण तयारी भईसकेको उनले जानकारी दिए ।
यो सेन्टर भोजपुरका लागि विद्यार्थी सहभागी गराउने आधिकारीक संस्था रहेको जानकारी गराइएको छ ।प्रतियोगीतामा सहभागी हुने प्रत्येक विद्यार्थीलाइ एक लाख देखी एक लाख ५० हजार बराबर फाइदा हुने प्रमुख राईले जानकारी गराए । साथै उनले यो अवसरलाई नगुमाउनको लागि सबैलाई आग्रह गरे ।
सेन्टरले भोजपुरमा विभिन्न क्षेत्रका जनशक्तिको आवश्यकता पुरा गर्ने लक्ष्यका साथ सफ्टवयर सम्बन्धी सम्पूर्ण सेवा, कम्प्युटर कोर्षहरु साथै माईक्रोसफ्ट, एडब, एप्पल, ईसि काउन्सिल लगाएको अन्तराष्ट्रिय प्रमाणपत्रका कोर्षहरु समेत सञ्चालन प्रमुख राईले खबरसंसारलाई जानकारी दिए ।
प्रदेश नं १ का अन्य जिल्लाको पनि तयारी पुरा भएकोले प्रदेश १ मा पुष १ गतेबाट रजिष्ट्रशन खुल्ला भैसकेको बताइएको छ ।प्रतियोगितालाई प्रभावकारी बनाउन प्रत्येक प्रदेशमा जिल्ला पार्टनर मिट अनुरुप लुम्बिनी, कर्णाली र सुदुरप्रश्चिम, बाग्मती, प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशको गरि ७ वटै प्रदेशका जिल्ला पार्टनर मिट कार्यक्रम सकिएकोले राष्ट्रिय पार्टनर दिप आईटी एण्ड एजुकेशनल कन्सल्टेन्सी, पोखराका सञ्चालक दिपेन्द्र लामिछानेले बताए । सहभागी हुन चाहनेहरुको लागि आवश्यक तालिमको व्यवस्था पनि सम्बन्धित जिल्ला पार्टरले नै गरेको छ ।