भोजपुरको चरम्बीमा काङ्ग्रेस परित्याग गरी दुई दर्जन बढी नेकपामा प्रवेश


भोजपुर, ६ असोज । भोजपुरको अरुण गाउँपालिका–४ चरम्बीको ¥याङमा नेपाली काङ्ग्रेस परित्याग गरि दुई दर्जन बढी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सोमबार वडा कमिटिले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम मार्फत उनीहरु नेकपामा प्रवेश गरेको नेकपा अरुण गाउँपालिकाले जनाएको छ । । ताराकुमार तामाङको नेतृत्वमा अर्जुनकुमार राई, देवबहादुर मगर, सुमन नेपाली, हेमराज परियार, पुष्पराज सुन्दास, सविन थापा, कालीबहादुर तामाङ, गणेश बहादुर विक, देवीबहादुर दर्जी, वालकुमारी विक, चित्र प्रधान, लेखतजंग राई नेकपामा प्रवेश गरेका हुन् ।

त्यस्तै रविन थापा, बालकुमार महत, दलबहादुर दर्जी, प्रेम बहादुर तामाङ, दिलबहादुर तामाङ, जस बहादुर तामाङ, ज्ञानेन्द्र तामाङ, भरत तामाङ, दीपक तामाङ, बलबहादुर तामाङ, खेत महत लगाएत नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपाका केन्द्रिय सदस्य, भोजपुर इन्जार्च तथा संघिय सांसद सुदन किराँतीले खादा ओडाएर पार्टीमा स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै किराँतीले नेकपाले जनताको पक्षमा धेरै काम गरिरहेको बताए ।

किराँतीले भने,‘नेपालका कुनै पनि राजनितिक पार्टी राम्रो छैन, तर पनि तपाईहरु नराम्रो मध्येको राम्रो छानेर आउनु भएको छ,सवैलाई स्वागत छ, अब हामीले पार्टी भित्रका केहि खराब प्रबृद्धि हटाउन आ–आफ्नो ठाउँबाट लाग्नु पर्छ ।’

सांसद किराँतीले ¥याङ क्षेत्रको काठका बिजुलीको पोल हटाउन पहल गर्ने बताए । त्यस्तै किराँतीले त्यस क्षेत्रमा चार कोठे पक्की विद्यालय भवन निर्माणका लागि समेत पहल गर्ने बताए । ‘ यहाँबाट धेरै कुराको माग भएको छ, हुन त स्थानीय सरकार छ, त्यसले पनि साना मसिना काम गर्नु पर्ने हो, तर स्थानीय सरकारले बिकास निर्माणको काममा विभेद गरेको छ भन्ने तपाईहरुबाट सुन्दा मलाई दुख लागेको छ । तपाईहरुको धेरै माग मध्ये दुई ओटा माग पुरा गर्न मेरो पहल रहन्छ ।’ किराँतीले भने ।

त्यस्तै नेकपाका संगठन विभाग प्रमुख शरण राईले प्रवेश गर्नेहरुलाई क्षमता र आवश्यकताको आधारमा जिम्मेवारी दिने बताए । राईले भने,‘तपाईहरु ढिलै भएपनि नेकपामा संगठित हुनु भएको छ, तपाईहरुको क्षमता र सकृयताको आधारमा उचित जिम्मेवारी दिनेछौ । तपाईहरुले भोट दिएर जिताएका नेपाली काङग्रेसका नेतृत्वहरुले विकासमा विभेद गरेको भन्दै,आफ्नो ठाउँको विकास गर्ने पार्टी नेकपा हो, भनेर जुन निर्णय गर्नु भयो यो निकै सराहनिय छ, जनतालाई भोटको आधारमा विभेद गर्नु स्थानीय सरकारको राम्रो कुरा होइन ।’

त्यस्तै नेकपाका सचिवालय सदस्य डिल्लीराम अधिकारीले गाउँपालिकाले जनतालाई विकासको गतिविधि सञ्चालन गर्दा समेत पार्टीको आधार विभेद गरेको आरोप लगाए । आफू वडाध्यक्ष भएपनि गाउँपालिकाले बहुमतको आधारमा गलत निर्णय गर्दै जाने भएकाले जनता समस्यामा परेको बताए । उनले भने,‘‘ हाम्रो गजेन्द्र सरकारको बहुमतको दम्बको कारण गाउँपालिकाका जनता पार्टीको आधारमा स्वासित भएका छन्, आफ्ना कार्यकर्ता लक्षित कार्यक्रम सञ्चालन हुँदा धेरै जनता सेवा सुविधाबाट बन्चित छन्, यसको लागि हामीले समुदाय स्तरबाट खवरदारी गर्न आवश्यक छ, अहिले हाम्रो गाउँपालिका सरकार प्रमुख कार्यकर्ता पोस्ने धन्दामा लागेका छन्, अनि कसरी हुन्छ दुर्गम ठाउँमा विकास ? ।’

नेकपाका अरुण गाउँपालिका अध्यक्ष बलभद्र राईले गाउँपालिकाले गरिरहेको खराब कामको विषयमा खबरदारी गरिरहेको बताए । साथै उनले समृद्ध गाउँपालिका निर्माणको लागि सवै जना एकजुट हुनु पर्ने धारणा राखे । अध्यक्ष राईले भने,‘गाउँपालिकामा धेरै काम राजनैतिक आस्थाको आधारमा सञ्चालन भएका छन् दुरदराजका ठाउँमा विकास पुग्न सकेको छैन्, तपाई हामी एक भएर आगामी दिनमा सक्षम नेतृत्व खोज्ने बेला आएको छ, हामीले प्रतिपक्षमा रहेर पनि हाम्रो उच्च तहको नेतृत्वसंग जोडिएर विकासका लागि धेरै पहल गरेर काम समेत गरिरहेका छौँ तर हाम्रो स्थानीय सरकारले तपाई हामीलाई देख्दैन।’

त्यस्तै गाउँपालिका सचिव नारायण घिमिरेले गाउँपालिकाले जनताको भावना अनुसार काम गर्न सकेको बताए । रचानात्मक रुपमा गाउँपालिकालाई साथ सहयोग दिँदा समेत गाउँपालिकाले त्यस तर्फ ध्यान नदिएको उनको भनाइ छ । उनले भने,‘ गाउँपालिकामा धेरै कुरामा हामीले सल्लाह सुझाव दिदै आएका छौँ तर त्यसको कार्यान्वयन भएको छैन, यहाँ स्थानीयको समस्या समाधानका लागि हामीले गाउँपालिकालाई धेरै पटक पहल गरेका छौँ, गरिब, विपन्न तथा अहाहय जनताको समस्या नदेख्ने गाउँपालिका सरकारको आँखा खोल्न तपाईहरुको साथको खाँचो छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार