भोजपुर ५ असोज ।
भोजपुरबासीले ३ दिन सम्म लगाएर कर तिर्नको लागी धरान धनकुटा धाउनु पर्ने समस्याको अन्त्य भएको छ । जिल्लामा सोमबार बाट करदाता सेवा कार्यालय उद्घाटन भए संगै यहाँका करिब २२ सय उद्योगी व्यवसायीलाई प्रत्यक्ष लाभ पुगेको हो । जिल्लामा पहिलो पटक करदाता सेवा कार्यालय आएपछि सेवाग्राही खुसी भएका छन् । यस अघि सेवाग्राहीले सेवा लिन करदाता सेवा कमर्यालय धनकुटा तथा आन्तारिक राजश्व कार्यालय धरान पुग्नु पर्ने वाध्यता थियो ।
कार्यालयबाट कर विवरण दाखिला, करचुक्ता प्रमाणपत्र उपलब्ध, करदाता दर्ता गर्ने कार्य र विवरण सच्याउने लगाएतका कार्य हुने करदाता सेवा कार्यालय भोजपुरका प्रमुख रमेश पौडेलले बताए । कार्यालय स्थापना भएपछि भोजपुरका सेवाग्राहीलाई सेवालिन सहज भएको छ ।कार्यालय नहुँदा कर तिर्नकै लागि तीन दिन लगाएर धरान, धनकुटा पुग्नु पर्ने बाध्यता थियो । यसले घरेलु तथा साना उद्योग विकास कार्यालयमा दर्ता भएका करिव २२ सय उद्योग व्यवसायलाई सहज भएको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष ध्रुर्वलाल श्रेष्ठले बताए । राज्यले जनताको घरदैलोमा सेवा पुर्याउने लक्ष्यका साथ कार्यालय स्थापनाका लागि पहले गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
कार्यालय स्थापना भएपछि केहि मात्रामा करदाताहरुको संख्यामा वृद्धि भई राजश्व समेत बढ्ने कार्यालयको भनाई छ । लामो समय सम्म कर नतिरी निष्कृय रहेका उद्योगी व्यवसायी समेत करको दायरामा आउने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।